बिहेको एनिभर्सरी मनाएर फर्केका थिए जोडी, बाटोमै गयो पत्नीको ज्यान

दिल्ली। आफ्नो बिहेको ८ औं एनिभर्सरी मनाएर करनालबाट दिल्ली फर्कदै गरेका जोडीको कार बाटोमा दुर्घटना हुँदा पत्नीको मृत्यु भएको छ । पति गम्भीर रुपमा घाइते भएका छन् । घाइते युवकलाई अस्पताल पुर्याइएको छ । पतनीको शवलाई निकै प्रयासपछि कारबाट निकालिएको छ । गाडीमा सवार उनीहरुकी ७ वर्षकी छोरी नमा र ५ वर्षकी छोरी पिहू भने बचेका छन् । दिल्लीको असंधका रमन र उनकी पत्नी रेखा बिहेको एनिभर्सरी मनाएर फर्कदै थिए । 
उनीहरुले आफ्नो बिहेको एनिभर्सरी भन्दै फेसबुकमा फोटो पोस्ट गरेका थिए । आइतबार राती साढे ९ बजेसम्म उनीहरुका साथी तथा आफन्तले कमेन्टमा बधाइ दिइरहेका थिए । तर यो दुर्घटनाको खबर पाउनासाथ उनीहरुले आरआइपी, सो स्याड जस्ता कमेन्ट गर्न थाले । नबुझेकाहरले यस्तो कमेन्टको कारण सोध्न थाले । केहीले लेखे ८ वर्षको मात्रै रहेछ दाम्पत्य जीवन । उनीहरुले बिहान ८ बजे फोटो पोस्ट गरेर आफूहरुको बिहेको एनिभर्सरी भएको जनाएका थिए । 

Share With Others

What Others Are Reading:

Speak Your Mind